बिएल संवाददाता
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गृहमन्त्री रमेश लेखकलाई नैतिकताको आधारमा राजीनामा दिन सुझाव दिएका छन्।
शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले गृहमन्त्रालय लेखककै अन्डरमा रहेकाले प्रश्न उठिसकेपछि नैतिकताको आधारमा राजीनामा दिएर छानबिनमा सघाउनु उपयुक्त हुने सुझाव दिएका हुन्।
‘अहिले रमेशजीको जुन कुरा आएको छ, गृहमन्त्रालय त उहाँकै अन्डरमा छ नि त। रमेशजीको कुरा उठेपछि नैतिकताको आधार राजीनामा दिएर छानबिन गर्नुस् तपाईँहरू भने भइहाल्यो नि, गृह मन्त्रालय त उहाँकै अन्डरमा छ नि त। उहाँले नैतिकताको हिसाब म क्लिन छु, मैले राजीनामा गरें, छानबिन समिति बनाउनुस् गर्नुहोस्, भने भइहाल्यो नि। त्यसले मोरल स्ट्याटस पनि देखिन्छ।’
भिजिट भिसा प्रकरणमा अख्तियारले छानबिन थालेपछि गृहमन्त्रीको समेत संगलग्नता गरहेको आरोप लागिरहेका छन्। गृह प्रशासन आफ्नै अन्डरमा रहेकाले अनुसन्धान निष्पक्ष हुनेमा आशंका उत्पन्न हुने भन्दै शेखरले लेखलाई मार्गप्रशस्त गर्न आग्रह गरेका हुन्।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया