बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले भिजिट भिसा प्रकरणमामा संलग्नहरूलाई श्रद्धाञ्जली दिएकी छन्।
शनिबार उनले सामाजिक सञ्जालमार्फत यो भिजिट भिसा प्रकरण मात्र नभएर मानव तस्करी भएको बताइन्। उनले आफ्नै नागरिकहरूलाई मूल्य तोकेर बेच्ने र किन्ने विदेशीहरूलाई एकमुष्ट श्रद्धाञ्जली दिएकी हुन्।
उनले भनेकी छन्, ‘यो भिजिट भिसा प्रकरण हैन, मानव तस्करी हो! आफ्नै छोराछोरीहरूलाई अनजान ठाउँमा बिना कुनै श्रम अधिकार संरक्षण पठाउने, त्यो ‘मूल्य’ तोकेर किन्ने विदेशीहरू र यस्तो विषयमा रोक्नुको सट्टा आफ्नो लागि भाग खोज्ने तपाईंहरू सम्पूर्णमा- हार्दिक श्रद्धाञ्जली- तपाईंलाई नर्क पनि प्राप्त हुन्न होला!’
त्यस्तै यो प्रकरण माथिको आदेशबिना सम्भव नभएको अनुसन्धान अधिकृतको भनाइ रहेको बताउँदै उनले ‘सहसचिवलाई माथिको आशिर्वाद कस-कसको हो?’ भन्दै प्रश्न गरेकी छन्।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया