बिएल संवाददाता
गृहमन्त्री रमेश लेखकले आफ्नो विरुद्ध नियोजित रूपमा झुट्टा प्रचारबाजी भइरहेको बताउँदै आरोपहरूको कडा खण्डन गरेका छन्।
शनिबार प्रेस ब्रिफिङ गर्दै उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन सम्बन्धि भिजिट भिसाको विषयलाई लिएर गरिएको आलोचना आधारहीन रहेको दाबी गरे।
लेखकले आफूमाथि लागेका आरोप र वास्तविकताबारे आगामी जेठ १३ गते प्रतिनिधिसभामा उपस्थित भएर विस्तृत धारणा राख्ने जानकारी दिए। उनले यथार्थ तथ्य सार्वजनिक गरिने बताउँदै अनावश्यक भ्रममा नपर्न आग्रह समेत गरे।
उनले भने, ‘मेराविरुद्धमा नियोजित र षडयन्त्रमुलक ढंगबाट झुट्टा प्रचारबाजी भइरहेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनको भिजिट भिसाको विषय मात्रै होइन मेरो सार्वजनिक जिवनमा, मेरो राजनीतिक जिवनमा, यदि एउटा मात्रै पनि मैले आर्थिक अनियमितता गरेको प्रमाणित कसैले गर्यो भने, प्रमाणित भयो भने म पदबाट होइन म राजनीतिबाट राजीनामा दिन्छु। अब यो बारेमा विस्तृत कुरा १३ गते प्रतिनिधिसभामा बोल्ने छु।’
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया