बिएल संवाददाता
बालुवाटारमा सत्तारुढ दलका शीर्ष नेताहरूबीच छलफल भएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ दल नेपाली कांग्रेसका सभापतिसहितका नेताहरुसँग छलफल गरेका छन् ।
आइतबार अपराह्न प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितका नेताहरूसँग छलफल गरेका हुन्।
बैठकमा एमालेका तर्फबाट ओलीसहित वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेल कृषिमन्त्री रामनाथ अधिकारी थिए।
कांग्रेसका तर्फबाट सभापति देउवासहित उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री रमेश लेखक र परराष्ट्र मन्त्री डा. आरजू राणालगायत सहभागी थिए।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखक जोडिएपछि उनको कांग्रेसकै नेताहरूले राजीनामा मागिरहेका छन्। यस्तोमा गठबन्धन दलका शीर्ष नेताहरूबीचको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ।
नेपाल पुनर्संरचना किन?
रामकुमारी झाँक्री: ‘बोल्न पाइन्छ’ देखि ‘फर्किन पाइन्छ’ सम्मको यात्रा
देश र प्रहरी संगठनको हितमा वरिष्ठलाई ‘आईजीपी’
स्वतन्त्रता भनेको स्वच्छन्दता र अराजकता होइन
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया