बिएल संवाददाता
सत्तारुढ दल नेपाली कांग्रेसले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक निर्दोष रहेको निष्कर्ष निकालेको छ।
आज सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी बैठकपछि प्रवक्ता डा. प्रकाशशरण महतले बताए।
बैठकले अध्यागमनमा भइरहेको भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको संलग्नता कतैबाट पुष्टि नहुने भएकोले एउटा कर्मचारीको गल्तीमा सामाजिक सञ्जालमा अफवाह फैलाइदैमा राजीनामा नै दिनुपर्ने स्थिति नरहेको निष्कर्ष निकालेको हो।
बैठकमा गृहमन्त्री रमेश लेखकले उक्त प्रकरणबारे विस्तारमा आफ्नो कुरा राखेका थिए। लेखकको स्पष्टीकरणलाई पार्टीले पूर्ण रुपमा विश्वास गरेको प्रवक्ता महतले बताए। यस विषयमा गृहमन्त्रीले भोलिको संसद बैठकमा पनि स्पष्टीकरण दिने उनले बताए।
नेपाल पुनर्संरचना किन?
रामकुमारी झाँक्री: ‘बोल्न पाइन्छ’ देखि ‘फर्किन पाइन्छ’ सम्मको यात्रा
देश र प्रहरी संगठनको हितमा वरिष्ठलाई ‘आईजीपी’
स्वतन्त्रता भनेको स्वच्छन्दता र अराजकता होइन
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया