बिएल संवाददाता
नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले भिजिट भिसा प्रकरणमा गृहमन्त्री निर्दोष रहेको बताएका बताएका छन्।
सोमबार पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा भएको कांग्रेस पदाधिकारी बैठकमा उनले गृहमन्त्री रमेश लेखक निर्दोष रहेको बताएका हुन्।
उनले अफवाहको शिकार कांग्रेसकै नेताहरू समेत भएको बताए। उनले भिजिट भिसा प्रकरणलाई आधार मानेर संसद अवरोध गर्नुपर्ने आधार नभएको बताए। यस विषयमा यथार्थ अध्ययन गरेर निष्कर्षमा पुग्नुपर्ने वा गहिराइमा पुग्नुपर्ने उनी बताउँछन्।
उनले भने, ‘यस्ता विषयमा संसद अवरोध गर्नुपर्ने कुनै आधार नै छैन। छानबिनको दायरामा उहाँ हुनुहुन्न, आरोपित गरेर मुद्दा दर्ता गरिएको अवस्था छैन। बिना आधारमा सामाजिक सञ्जालमा फैलाइएको अफवाहकै आधारमा संसद अवरोधको कुरा हुन थालेको छ। कहीं पनि यस्तो गर्न मिल्दैन।’
उनले तत्कालीन गृहमन्त्री रवि लामिछानेविरुद्ध उजुरी नै परेको अवस्था रहेकाले आफूहरूले संसदीय छानबिन समिति माग गरेको उल्लेख गर्दै लेखक र लामिछानेको विषय एउटै नभएको बताए।
‘उहाँ (रवि लामिछाने)सँग जोड्न मिल्दैन। उहाँमाथि आरोप आयो, उजुरी आयो। त्यसकारण हामी संसदीय छानबिन माग गरेका हौं। यहाँ त न कुनै आरोप छ, न आधार छ। आरोपकै भरमा हामीले पनि निष्कर्ष निकाल्ने कुरा भएन,’ महतले भने।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया