बिएल संवाददाता
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादी क्रान्तिको तयारीको लागि आवश्यक पर्ने कम्युनिष्ट एकताको प्रक्रियामा अगाडि बढेको दाबी गरेका छन्।
सोमबार काठमाडौंमा भएको पार्टी समायोजन कार्यक्रममा उनले आउने दिनमा समाजवादी आन्दोलन अगाडि बढ्दै जाँदा एकीकरण, समायोजन र ध्रुवीकरणको प्रक्रिया पनि निरन्तर अगाडि बढ्दै जाने भन्दै कम्युनिष्ट एकताको प्रक्रियामा गम्भीर ढङ्गले अगाडि बढिरहेको बताए।
उनले भने, ‘योभन्दा अगाडि हामीले ०६४ को निर्वाचनमा प्राप्त गरेको अभिमत हामीले जोगाउन सकेनौ, पार्टी विभाजित भयो। त्यसले नेपाली श्रमजिवी वर्गको लागि ठूलो क्षति भयो। महान सहिदहरूको सपना तरङ्गित भए तर संविधान घोषणा भएपछि एकताको प्रक्रिया सुरु भयो। आउने दिनमा समाजवादी आन्दोलन अगाडि बढ्दै जाँदा एकीकरण, समायोजन र ध्रुविकरणको प्रक्रिया पनि निरन्तर अगाडि बढ्दै जानेछ।’
उनले विश्वभर भएका क्रान्ति र प्रतिक्रान्तिका अनुभव समेतका आधारमा नेपालमा मौलिक तरिकाले समाजवादतर्फ अघि बढ्ने उद्देश्यसहित नेकपा एमालेसहित समाजवादी क्रान्तितिर जाने तयारी गरेपनि प्रतिक्रियावादी देशी-विदेशी शक्तिहरूले सफल हुन नदिएको बताए।
सोही क्रममा नेसपाका अध्यक्ष गंगानारायण श्रेष्ठले ‘पार्टीबाट अलग हुनु, पार्टीबाट बाहिरिनु गल्ती भएको’ भन्दै पार्टी एकताको लागि पहलको सुरुवात गरेको बताए।
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया