बिएल संवाददाता
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले संयोगले शिक्षामन्त्रीको जिम्मेवारी सम्हाल्नुपर्ने अवस्था आएकाले धेरैकुरा सिक्न बाँकी गरेको बताएका छन्।
सोमबार काठमाडौंमा आयोजित शिक्षा नीति बहसअन्तर्गत उच्च शिक्षाका आयाम विषयक विमर्श कार्यक्रममा उनले संयोगले शिक्षामन्त्री हुन आइपुगेको भन्दै मुलुकको शिक्षा क्षेत्रलाई राम्रो र सुनिश्चित गन्तव्यतर्फ लैजानको लागि शिक्षा विद्हरूको मार्गदर्शन र सल्लाहको खाँचो रहेको बताए।
उनले भने, ‘लामो समय मैले पत्रकारितामा बिताए। पत्रकार महासंघको महासचिव हुँदै संसदको चुनाव लडेर सांसद हुन आएको मान्छे हुँ। सम्पादकीय र पाठक प्रतिक्रियामा कहिलेकाँही धेरै विद्वानहरूले भन्न नसकेको कुरा लेखिएको हुन्छ। त्यस्तो कुरा पाठकले मात्र देख्छ। त्यसकारण म तपाईंहरूको पाठक हुँ, विद्यार्थी हुँ। संयोगले मात्र शिक्षामन्त्री हुन आइपुगेको छु। सबैले बाटो देखाइदिनुहोला। मुलुकको शिक्षा क्षेत्रलाई एउटा राम्रो र सुनिश्चित गन्तव्यतर्फ लैजानको लागि मार्गदर्शन र सल्लाहको खाँचो छ।’
यस्तै, उनले जबसम्म बहुलवादलाई सैद्धान्तिक रुपले मान्दैनौं तबसम्म शिक्षा र राजनीतिमा विविधता ल्याउन नसक्ने पनि बताए।
‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त, को हुन् उनी?
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया