बिएल संवाददाता
नेकपा माओवादी केन्द्रका सांसद वर्षमान पुनले भिजिट भिसा प्रकरण संगठित मानव तस्करीसँग जोडिएको विषय भएको बताएका छन्।
मंगलबार प्रतिनिधि सभा बैठकमा उनले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भिजिट भिसाको नाममा करोडौंको अवैध असुलीको जालो फैलिएको भन्दै यो रोजगारीको लागि विदेश जान खोजेका सामान्य युवाहरू माथि गरिएको लुट र संगठित मानव तस्करीसँग जोडिएको विषय भएको बताए।
उनले भने, ‘त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भिजिट भिसाको नाममा करोडौंको अवैध असुलीको जालो फैलिएको र त्यसमा गृहमन्त्रीज्यूको सचिवालयको प्रत्यक्ष संलग्नता भईरहेको भन्ने कुरा विभिन्न पत्रपत्रिकामार्फत बाहिर आइरहेको छ। यो कुनै सामान्य भ्रष्टाचारको घटना मात्र होईन। यो रोजगारीको लागि विदेश जान खोजेका सामान्य युवाहरू माथि गरिएको लुट र संगठित मानव तस्करीसँग जोडिएको विषय हो।’
यस्तै, उनले अख्तियारले मुख्य आरोपी भनेका सहसचिव तीर्थराज भट्टराई गृहमन्त्रीकै अग्रसरतामा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पठाइएको भन्दै यसमा मन्त्रीको पनि स्वार्थ भएको बताए।
उनले भने, ‘यत्रो ठूलो खेल राजनीतिक संरक्षकबिना गर्न सकिदैन। अख्तियारले मुख्य आरोपी भनेका सहसचिव तीर्थराज भट्टराई गृहमन्त्रीकै अग्रसरतामा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पठाइएको देखिन्छ। योभन्दा पहिला पनि विभिन्न घटनामा जोडिएका सहसचिवलाई गृहसचिवले रोजीछाडि कसरी पठाउनु भयो के साच्चै मन्त्रीज्यूले सहसचिव स्वच्छ भन्ने थियो कि अन्य कुनै स्वार्थ थियो।’
नेपाल पुनर्संरचना किन?
रामकुमारी झाँक्री: ‘बोल्न पाइन्छ’ देखि ‘फर्किन पाइन्छ’ सम्मको यात्रा
देश र प्रहरी संगठनको हितमा वरिष्ठलाई ‘आईजीपी’
स्वतन्त्रता भनेको स्वच्छन्दता र अराजकता होइन
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया