बिएल संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई फोन गरेका छन्।
ओलीले प्रचण्डलाई फोन गरेर सदनको अवरोध हटाउन सहयोग गर्न आग्रह गरेका माओवादी सांसद माधव सापकोटाले बताए। प्रचण्डले विपक्षी दलहरूको अडान सुनाउँदै आफू विपक्षीहरूको अडानमा प्रतिवद्ध रहेको जवाफ फर्काएका उनले बताए।
प्रचण्डले पहिले गृहमन्त्रीको राजीनामा गराएर अनि आफैंले सदनमा जवाफ दिन ओलीलाई सुझाव दिएका छन्।
बालुवाटारमा कांग्रेस सभापति देउवा र गृहमन्त्री रमेश लेखकसँग छलफलका क्रममा ओलीले रास्वपाको अवरोध उसको सभापतिका कारण स्वाभाविक भएपनि प्रचण्डको पछिल्लो गतिविधिहरूबारे असन्तुष्टि जनाएका थिए। बालुवाटार स्रोतका अनुसार उनले प्रचण्डले धुमिल अवस्थामा चान्स मार्न खोजेको आरोप लगाएका थिए।
स्रोतका अनुसार ओलीले लेखकलाई सम्भव भएसम्म प्रचण्ड वा माओवादी नेताहरूसँग आफ्नो कुनै संयन्त्रमार्फत कुराकानी गर्न पनि सुझाव दिएका थिए। तर, ओलीले प्रचण्डलाई आफैं फोन गरेर सदनको अवरोध खुलाउन सहयोग गर्न आग्रह गरेका छन्।
भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्रीले राजीनामा नदिएसम्म संसद चल्न नदिने विपक्षीहरूको अडानले संसद अवरुद्ध छ। भोलि जेठ १५ गते संघीय संसदमा बजेट अनिवार्य पेस गर्नुपर्ने संवैधानिक बाध्यता छ।
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया