बिएल संवाददाता
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले गणतन्त्रविरुद्ध प्रश्न उठाउने दुस्साहस भइरहेको भन्दै आपत्ति जनाएका छन्।
बिहीबार काठमाडौंमा गणतन्त्र दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले गणतन्त्रका विरुद्ध प्रश्न उठाउने दुस्साहस भइरहेको भन्दै त्यसको प्रतिवाद गर्ने प्रतिवद्धता आजको आवश्यकता रहेको बताए।
उनले भने,‘अहिले गणतन्त्रका विरुद्ध प्रश्न उठाउने एकथरी मानिसले निरर्थक दुस्साहस गरेका छन्। त्यसको प्रतिवाद गर्ने प्रतिवद्धता पनि आजको आवश्यकता हो।’
त्यस्तै उनले गणतन्त्र सबै वर्गको मानिसहरुको योगदानको परिणाम भएको धारणा राखे। संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाको लागि फेरी एक पटक आ-आफ्नो ठाउँबाट एकतावद्ध भएर सबैले पहल गर्न जरुरी रहेको उनको भनाइ छ।
‘गणतन्त्र तमाम सांस्कृतिक कलाकार, पत्रकार सबैको योगदानको परिणाम हो। संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाको लागि यसमार्फत समाजवादतिरको यात्रा अगाडि बढाउन फेरी एक पटक आ-आफ्नो ठाउँबाट एकतावद्ध भएर पहल गर्न जरुरी छ,’ उनले भने।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया