बिएल संवाददाता
नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफताव आलमलाई सफाई दिनेगरी फैसला गरेका दुई न्यायाधीशमाथि छानबिन गर्न भन्दै न्यायपरिषदमा उजुरी परेको छ।
आफूलाई ‘देशभक्त नागरिक’ भनेर चिनाउँदै आएका युवराज पौडेलले त्यस्ताे फैसला सुनाउने न्यायाधीश खुसीप्रसाद थारु र अर्जुन महर्जनमाथि छानबिन गर्न भन्दै परिषदमा उजुरी हालेका हुन्।
अफतावमाथि रौतहटको राजपुरमा भएको बमकाण्डमा घाइते भएकाहरूलाई जिउँदै इँट्टा भट्टामा हालेर हत्या गरेको आरोप लागेको थियो।
यसअघि रौतहट जिल्ला अदालतको जन्मकैदको फैसला गरेपछि उनी नख्खु कारागारमा कैद भुक्तान गरिरहेका थिए।
तर जनकपुर उच्च अदालतको वीरगन्ज उच्च अदालतले बुधबार जिल्ला अदालतको फैसला उल्ट्याउँदै उनलाई सफाई दिएको थियो। अपताव त्यही दिन कारागारमुक्त भएका थिए।
न्यायपरिषदमा परेको उजुरीमा निवेदकले पदमा रहँदा न्याय सम्पादन नै प्रभावित हुनसक्ने भन्दै दुई न्यायाधीशलाई निलम्बन गरेर छानबिन गर्न पनि भनिएको छ।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया