बिएल संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीले पृथ्वीनारायण शाहलक्षित अपमानजनक टिप्पणी गरेको भन्दै कांग्रेसभित्र वर्तमान गठबन्धनको विकल्प खोज्न दवाब बढ्न थालेको छ।
शनिबार काठमाडौंमा बुद्धिजिवी परिषद्को महाधिवेशनलाई सम्बोधन गर्दै ओलीले पृथ्वीनारायण शाहले आफूबाहेक अरूलाई मास्ने काम गरेको र त्यो आज सान्दर्भिक नभएको टिप्पणी गरेका थिए। त्यस्तै उनले ‘पृथ्वीपथ’ सिद्धान्तप्रति पनि कटाक्ष गरेका थिए।
‘आज त राष्ट्र जोगाउनु र एकतावद्ध बनाउन जरूरी छ। त्यतिबेला मास्नु र एकीकरण गर्नु थियो,’ ओलीले भनेका थिए, ‘अहिले आएर यतिबेला पृथ्वीपथ रे? पृथ्वीपथबाट गयो भने पोखरा पुग्ने त हो नि। अढाइ सय वर्ष अघिको कुरा ल्याएर देशको विकास? देशलाई एकतावद्ध बनाउनु छ। पृथ्वीपथले एकतावद्ध? मारकाट गरेर एकताबद्ध गर्ने?’
ओलीको उक्त अभिव्यक्तिप्रति कांग्रेस नेता शंकर भण्डारीले पृथ्वीनारायण शाहको अपमान गर्ने ओलीलाई कांग्रेसले काँथ थाप्न नसक्ने चेतावनी दिएका छन्।
उनले भनेका छन्, ‘राष्ट्र निर्माता पृथ्वीनारायण शाहकाे अपमान गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीलाई काङ्ग्रेसले काँध थापिरहन सक्दैन। यस विषयमा पार्टीले गम्भीर भएर साेच्नु पर्ने समय आईसकेकाे छ।’
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया