बिएल संवाददाता
राजावादी समुहका एक दल राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ परेपछि राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले भोलिबाट काठमाडौं कब्जा गर्ने चेतावनी दिएका छन्।
उनले नारायणचौरबाट पक्राउ परेका थापालाई ससम्मान जहाँबाट पक्राउ गरिएको हो त्यही ल्याएर छाड्न चेतावनी दिँदै भोलिबाट राजसंस्था पुनर्स्थापनाको वास्तविक लडाईं भोलिबाट सुरु हुने उद्घोष गरे।
लिङदेनले भने, ‘भर्खरै राप्रपा नेपालका अध्यक्ष कमल थापालगायतलाई पक्राउ गरिएको सुनेको छु। नेपाल सरकार, गृहमन्त्री वा यहाँ कमाण्ड गरिराखेका प्रहरी प्रमुखसँग भद्रतापूर्वक मेरो आग्रह छ, तपाईंहरूले कमल थापालाई यहीँ ल्याइदिनुस्। होइन भने अरु साथीभाइलाई पनि काठमाडौं बाहिरबाट बोलाउँछौं। खास लडाईं यहीँबाट सुरु हुन्छ।’
उनले कमल थापालाई ससम्मान फिर्ता नगर्ने भए भोलिबाट काठमाडौं बल्न सुरु हुने चेतावनी दिए। उनले आन्दोलनबाट घर फर्किन लागेकाहरूलाई परिवारसहित फिर्ता भएर आन्दोलनमा आउन आग्रह गरे।
‘अब हामी एक ठाउँ भेला भएर होइन ५० ठाउँ बाट निस्किन्छौं । कहाँ कहाँ रोक्नुहुन्छ? कमल थापालाई अहिल्यै यहाँ ल्याएर ससम्मान फिर्ता नगर्ने हो भने भोलिबाट काठमाडौं बल्न सुरु हुन्छ,’ उनले घर फर्किन लागेकाहरूलाई फिर्ता हुन आग्रह गर्दै भने, ‘फिर्ता हुनुस्, एक्लै होइन परिवारसहित आन्दोलनमा आउनुस्। अब हामी डराउनेवाला छैनौं।’
‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त, को हुन् उनी?
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया