बिएल संवाददाता
राजावादी समुहका एक दल राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ परेपछि राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले भोलिबाट काठमाडौं कब्जा गर्ने चेतावनी दिएका छन्।
उनले नारायणचौरबाट पक्राउ परेका थापालाई ससम्मान जहाँबाट पक्राउ गरिएको हो त्यही ल्याएर छाड्न चेतावनी दिँदै भोलिबाट राजसंस्था पुनर्स्थापनाको वास्तविक लडाईं भोलिबाट सुरु हुने उद्घोष गरे।
लिङदेनले भने, ‘भर्खरै राप्रपा नेपालका अध्यक्ष कमल थापालगायतलाई पक्राउ गरिएको सुनेको छु। नेपाल सरकार, गृहमन्त्री वा यहाँ कमाण्ड गरिराखेका प्रहरी प्रमुखसँग भद्रतापूर्वक मेरो आग्रह छ, तपाईंहरूले कमल थापालाई यहीँ ल्याइदिनुस्। होइन भने अरु साथीभाइलाई पनि काठमाडौं बाहिरबाट बोलाउँछौं। खास लडाईं यहीँबाट सुरु हुन्छ।’
उनले कमल थापालाई ससम्मान फिर्ता नगर्ने भए भोलिबाट काठमाडौं बल्न सुरु हुने चेतावनी दिए। उनले आन्दोलनबाट घर फर्किन लागेकाहरूलाई परिवारसहित फिर्ता भएर आन्दोलनमा आउन आग्रह गरे।
‘अब हामी एक ठाउँ भेला भएर होइन ५० ठाउँ बाट निस्किन्छौं । कहाँ कहाँ रोक्नुहुन्छ? कमल थापालाई अहिल्यै यहाँ ल्याएर ससम्मान फिर्ता नगर्ने हो भने भोलिबाट काठमाडौं बल्न सुरु हुन्छ,’ उनले घर फर्किन लागेकाहरूलाई फिर्ता हुन आग्रह गर्दै भने, ‘फिर्ता हुनुस्, एक्लै होइन परिवारसहित आन्दोलनमा आउनुस्। अब हामी डराउनेवाला छैनौं।’
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया