बिएल संवाददाता
सामाजिक सञ्जालमार्फत ‘झोले’ भन्दै अपमान हुन थालेपछि नेकपा एमालेले आफ्ना नेता कार्यकर्ताको मनोबल बढाउन ‘म झोले हो’ अभियान सुरु गरेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार ‘म झोले हो’ भन्दै सामाजिक सञ्जालमार्फत तस्बिर सेयर गर्दै अभियानको सुरुवात गरेका हुन्। ओलीले अभियान सुरु गरेसँगै एमालेका नेता कार्यकर्ताहरूले आफूले आफूलाई ‘झोले’ स्वीकार गर्दै अभियान धमाधम फैलाउन थालेका छन्।
ओलीले झोले अभियान सुरु गर्दै, ‘हिजोआज एउटालाई भगवान बनाउनु पर्यो भने सामूहिकतामा विश्वास राख्नेहरूलाई पहिले झोले भनेर लखेटिन्छ र समाजलाई भीडमा बदलिन्छ। भीडसँग बल अवश्य हुन्छ, तर सत्य नहुन सक्छ। सामाजिक सञ्जालमा झोले भनेर खेदियो भन्दैमा सत्य अँगाल्न नछोडौं। सामूहिक र संगठित आक्रमणबाट हरेकले आफ्नो निजत्व जोगाउनु पर्छ।’
एमालेको झोले अभियानको पोस्टरमा लेखिएको छ, ‘एउटा सामन्ती परिवारको दास बन्नुभन्दा देशमा परिवर्तन र विकासको झोला बोकेर हिँड्नु कयौं गुणा उत्तम हो।’
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया