बिएल संवाददाता
यातायात व्यवसायीहरूले देशभरको यातायात सेवा ठप्प बनाउँदा काठमाडौं उपत्यकामा साझा यातायातले २१ वटा बसमार्फत नियमित रुपमा सेवा प्रदान गरिरहेको छ।
सोमबार सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समितिले सबै सार्वजनिक सवारी साधन बन्द गरेको अवस्थामा पनि साझा यातायातले एयरपोर्ट, बानेश्वर, रत्नपार्क, नागढुंगा, लगनखेल, नयाँ बसपार्क र लगनखेल नारायणथानको रुटमा नियमित रुपमा सेवा प्रदान गरिरहेको छ।
साथै, नेपाल प्रहरीले पनि निःशुल्क बस सेवा उपलब्ध गराएको छ। नेपाल प्रहरीले निःशुल्क बस सेवा उपलब्ध गराएको रुट नम्बर १ नयाँ बसपार्क, बालाजु, स्वयम्भू, कलंकी, बल्खु, सातदोबाटो, लगनखेल, जावलाखेल, थापाथली, माइतीघर, पुल्चोक, नयाँ बानेश्वर, बालुवाटार, शिक्षण अस्पताल, चक्रपथ रहेको छ।
यस्तै, रुट नम्बर २ विमानस्थल, कोटेश्वर, थिमी, सल्लाघारी, सूर्यविनायक, चाबहिल, गौशाला, रत्नपार्क, बालुवाटार, शिक्षण अस्पताल, चक्रपथ, तीनकुने, रातोपुल रहेको छ।
रामकुमारी झाँक्री: ‘बोल्न पाइन्छ’ देखि ‘फर्किन पाइन्छ’ सम्मको यात्रा
देश र प्रहरी संगठनको हितमा वरिष्ठलाई ‘आईजीपी’
स्वतन्त्रता भनेको स्वच्छन्दता र अराजकता होइन
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया