बिएल संवाददाता
प्रमुख तीन दलका शीर्ष नेताहरूबीचको छलफल सिंहदरबारमा जारी छ।
यता प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवासँग छलफल गर्नुअघि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेकपा एसका अध्यक्ष माधवकुमार नेपालसँग छलफल गरेका थिए।
माओवादी संसदीय दलको बैठकलगत्तै सिंहदरबारमा दुई नेताबीच छलफल भएको थियो। भेटमा माओवादी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र नेकपा एसका नेता प्रमेश हमाल पनि सहभागी थिए।
नेकपा एसका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले पार्टीबाट गृहमन्त्रीको राजीनामा माग्ने निर्णय नभएको, सदनमा बोल्न दिनुपर्ने र आफूहरू माओवादी र रास्वपाको पुच्छर नबन्ने चेतावनी दिएपछि दुई नेताहरूबीचको छलफललाई अर्थपूर्ण रुपमा हेरिएको छ।
माणवादीले भने गृहमन्त्रीको राजीनामा नआएसम्म संसद चल्न नदिने अडान कायमै राखेको छ।
रामकुमारी झाँक्री: ‘बोल्न पाइन्छ’ देखि ‘फर्किन पाइन्छ’ सम्मको यात्रा
देश र प्रहरी संगठनको हितमा वरिष्ठलाई ‘आईजीपी’
स्वतन्त्रता भनेको स्वच्छन्दता र अराजकता होइन
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया