बिएल संवाददाता
प्रतिपक्षी दलको मंगलबार संघीय संसद भवनमा बसेको बैठकले गृहमन्त्री रमेश लेखकले राजीनामा दिएर भिजिट भिसा प्रकरणमा सहयोग गर्नुपर्ने निष्कर्ष निकालेको छ।
प्रतिपक्षी दल माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीसहमतिका दलका नेताहरूले पहिलो चरणको बैठक सकिएको जानकारी दिँदै उक्त निष्कर्ष निकालेका हुन्।
भिजिट भिसामार्फत मानव तस्करी प्रकरण र संघीय सदनको बैठकबारे माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको संघीय सदनस्थित कार्यकक्षमा छलफल भएको थियो।
बैठकले उच्चस्तरीय छानबिन समिति बनाउने र समितिले श्रम ऐन २०६४ आए पश्चातको समयदेखि हाल रहेका गृहमन्त्रीको कार्यकालसम्मको ‘भिजिट भिसा प्रकरण’ सम्बन्धित छानबिन आयोग बनाउने र यसलाई सधैंको लागि निराकरण गर्न सर्वपक्षिय प्रतिबद्धता जनाउने सहमति भएको छ।
आवश्यक छानबिन गर्नको लागि मार्ग प्रशस्त गर्न वर्तमान गृहमन्त्रीले छानबिनको परिणाम नआएसम्म, अनुसन्धान प्रभावित नगर्नको लागि राजीनामा दिएर सहयोग गर्नुपर्ने विषयमा छलफल भएको थियो।
त्यसका लागि प्रधानमन्त्रीले सदनमा आएर प्रतिबद्धता ब्यक्त गर्नुपर्ने बैठकमा छलफल भएको छ।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया