बिएल संवाददाता
संघीय संसदका प्रतिपक्षी दलहरू भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकलाई सदनमा बोल्न दिन तयार भएका छन्।
मंगलबार सदनको अवरोध खुलाउने विषयमा सभामुख र दलका प्रमुख सचेतकहरूको बैठक सकारात्मक रूपमा टुंगिएको छ।
स्रोतका अनुसार गृहमन्त्रीको जवाफ चित्त बुझेमा सदनको अवरोध अन्त्य गर्न दलहरू सहमत भएका हुन्।
यद्यपि गृहमन्त्रीलाई लामो समय बोल्नै नदिँदा असंसदीय व्यवहार देखिने र आलोचना हुने भयले विपक्षी दलहरू गृहमन्त्रीलाई बोल्न दिएपनि त्यसपछि राजीनामालाई नै बटमलाइन बनाएर अवरोध जारी राख्ने योजनामा रहेको बुझिएको छ।
बालुवाटार स्रोतका अनुसार हिजो बसेको प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठकमा प्रतिपक्षी दलका नेता प्रचण्ड आफ्नो अडानबाट पछि नहटेपछि ओली-देउवाले पनि गृहमन्त्रीको राजीनामाको बारेमा सोच्न सक्ने बताएका बुझिएको छ। सोही छलफलमा गृहमन्त्रीलाई बोल्न दिने र त्यसपछि राजीनामाको विकल्पमा सोच्न सक्ने विषयमा छलफल भएको बुझिएको छ।
सभामुखसँगको छलफलपछि विपक्षी दलहरू आगामी रणनीति बनाउन छलफलमा जुटेका छन्।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया