बिएल संवाददाता
गत चैत १५ गते राजावादी आन्दोलनका क्रममा तीनकुनेमा भएको हिंसात्मक घटनाका प्रतिवादीहरूको थुनछेक बहस सुरु भएको छ।
जिल्ला अदालत काठमाडौंमा बुधबार दुर्गा प्रसाईंसहित ३९ जनाको थुनछेक बहस सुरु भएको हो।
न्यायाधीश ध्रुवकुमार कार्कीको इजलासमा जिल्ला सरकारी वकिल कार्यालयका तर्फबाट बुधबारदेखि बहस सुरु भएको हो।
जेठ ११ गते अदालतमा अभियोग पत्र दर्ता भएकोमा त्यसयता बकपत्र चलिरहेको थियो।
प्रहरीले हिंसात्मक घटनामा संलग्न रहेको आरोपमा ६५ जनाविरुद्ध मुद्दा चलाउन प्रतिवेदन पेस गरेपछि सरकारी वकिलको कार्यालयले उनीहरूविरुद्ध मुद्दा दायर गरेको थियो।
तीमध्ये अभियोग पत्रसाथ अदालतमा पेश गरिएका ३९ जनाको एकसाथ थुनछेक सुरु भएको हो।
घटनामा संलग्न रहेको आरोप लागेकाहरूविरुद्ध राज्यविरुद्धको कसुर, आपराधिक उपद्रवलगायतका मुद्दामा प्रतिवादी बनाइएको छ। त्यस्तै आन्दोलनका कमाण्डर दुर्गा प्रसाईंसहित आठजनालाई कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगमा पनि मुद्दा चलाइएको छ।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया