बिएल संवाददाता
प्रतिनिधि सभाको अवरोध हटाउने विषयमा सभामुख र दलका प्रमुख सचेतकहरूको बैठक निष्कर्षविहिन भएको छ।
संसद भवन नयाँ बानेश्वरमा भएको छलफलमा सत्ता र प्रतिपक्ष दुवै आ-आफ्नो अडानबाट पछि नहटेपछि बैठक बिनानिष्कर्ष टुंगिएको सभामुख देवराज घिमिरेको सचिवालयले जनाएको छ।
विपक्षी दलहरूले गृहमन्त्री रमेश लेखक मुछिएको भिजिट भिसा प्रकरणको छानबिन गर्न उच्चस्तरीय न्यायिक छानबिन समिति बनाउनुपर्ने अडान राखेका थिए। सत्तापक्षले भने समिति गठन नगर्ने तर, गृहमन्त्रीले सदनमा जवाफ दिन पाउनुपर्ने अडान कायमै राखेपछि बैठक निष्कर्षमा पुग्न सकेन।
त्यसपछि विपक्षी दलका सचेतकहरू सदनमा अवरोध जारी राख्ने जानकारी गराउँदै बैठकबाट निस्किएका थिए।
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया