बिएल संवाददाता
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरू सभामुख देवराज घिमिरेलाई भेट्न पुगेका छन्। आफ्ना सांसदहरूको पीएसओ खोसिएपछि उनीहरूले बुधबार सभामुखलाई भेटेर गुनासो पोखेका हुन्।
पार्टीका वरिष्ठ उपाध्यक्ष एवं सांसद बुद्धिमान तामाङ, प्रमुख सचेतक ज्ञानेन्द्र शाहीसहित सांसदहरूले सभामुख भेट्न पुगेका थिए।
प्रमुख सचेतक शाही, सांसदहरू ध्रुवबहादुर प्रधान र दीपक सिंहको पीएसओ सरकारले केही दिनअघि फिर्ता गरेको थियो।
प्रतिनिधि सभाको बुधबार बसेको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा बोल्दै गृहमन्त्री लेखकले राजावादीको आन्दोलन नरोकिएसम्म राप्रपा सांसदहरूलाई दिइँदै आएको पीएसओ उपलब्ध नगराउने बताइसकेका छन्।
त्यस्तै राप्रपा सांसदहरूले त्यस्तै संसद सञ्चालन गर्ने विषयमा राप्रपालाई उपेक्षा गरिएको भन्दै सांसदहरूले सभामुखसँग गुनासो पोखेका थिए। सभामुखले बोलाउने बैठकहरूमा राप्रपालाई छुटाउने गरेको र संसदमा पनि विपक्षीहरूलाई बोल्न दिएको बेला राप्रपालाई बोल्न नदिएकोमा उनीहरूको गुनासो थियो।
पछिल्लो समय भिजिट भिसामा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै विपक्षी दलले सदनमा अवरोध गर्दै आएका छन्। सदन खुलाउने विषयमा सभामुखले बोलाउने बैठकमा राप्रपालाई उपेक्षा गरिँदै आएको छ।
त्यस्तै राप्रपा राजावादी आन्दोलनमा लागेपछि प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा पछिल्लो समयमा बस्ने गरेको प्रतिपक्षी दलहरूको बैठकमा पनि राप्रपालाई बोलाउन छोडिएको छ।
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
‘समस्या नेता मात्र होइन, नागरिक संस्कार पनि हो’
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया