बिएल संवाददाता
बुधबार बसेको राजावादीहरूको संयुक्त जनआन्दोलन समितिको बैठक स्थगित भएको छ। दोस्रो चरणको आन्दोलन तयारीबारे छलफल गर्न बोलाइएको बैठकमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन अनुपस्थित भएपछि बैठक स्थगित भएको हो।
राजावादी मोर्चाको सबैभन्दा ठूलो घटक राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन अनुपस्थित बनेपछि कार्यकर्ताले विरोध गरेका थिए। विरोधकैबीच राप्रपा नेपालका अध्यक्ष कमल थापालाई बोल्न समय दिइएपछि होहल्ला सुरू भयो।
त्यसपछि संयुक्त जनआन्दोलन समितिका अध्यक्ष नवराज सुवेदीले आफैं माइक लिएर सम्बोधन गरे। उनले सानो कमिटी बनाएर आजै नयाँ आन्दोलन कार्यक्रम बनाइने भन्दै भेला स्थगित भएको घोषणा गरे।
भेला सुरु भएलगत्तै लिङ्देनको कार्यव्यस्तताका कारण आउन नसकेको जानकारी गराइएको थियो। लिङ्देन अहिले संसदमा छन्। कार्यकर्ताहरूले भने यही संसद चाहिने भए आन्दोलन केका लागि? भन्दै असन्तुष्टि पोखे। केहि बाहिर रहेका कार्यकर्ताले भने जबसम्म राजा र जनता एकता हुँदैनन् तबसम्म आन्दोलन गरी रहने बताएका छन्।
राजाले नै जनताको साथ चाहियो भनेपछि हामी सडकमा आएको बताएका छन्। आन्दोलन समिति ल्याउने भनेर लागेकाले नै गणतन्त्रवादीसँग ल्याउन लागेको केहि कार्यकर्ताले बताएका छन्।
यसैगरी विनोद कंडेलले आन्दोलनमा भाग लिने प्रति धन्यवाद ज्ञापन गरेका छन्। राप्रपा महामन्त्री राजेन्द्र गुरुङले ‘जुन उदेश्य भित्र हिडेका छौं त्यसलाई फोकस गर्नुपर्ने’ बताए।
उनले एकमत भएर आन्दोलनमा उत्रिन आवश्यक रहेकाले आन्दोलनलाई गन्तव्यमा पुर्याएर मात्र छोड्ने बताए।
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया