बिएल संवाददाता
नेकपा माओवादी केन्द्रले संसदको अवरोध हटाउन सत्तापक्ष र विपक्षीसँग छलफल गर्ने भएको छ।
बिहीबार बसेको माओवादी (केन्द्र)को केन्द्रीय पदाधिकारी बैठकले संसदको अवरोध खुलाउन पहल गरी सदनमा एउटा छलफलको वातावरण बनाउनुपर्छ भन्ने आजको छलफलको निष्कर्ष निकालेको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए।
माओवादी केन्द्रले संसदमा गृहमन्त्री रमेश लेखकलाई बोल्न दिनुपर्ने पक्षमा रहेको संकेत समेत देखाएको छ।
सापकोटा भन्छन्, ‘जिम्मेवार प्रतिपक्षको हिसाबले निकास निकाल्न अधिकतम जोड हुनेछ। भिजिट भिसा प्रकरणमा छानबिन अपरिहार्य छ। व्यक्ति विशेषमा हाम्रो ध्यान छैन। तर मुख्य कुरा छानबिनकै हो भन्ने छ। अब यसलाई सकारात्मक निष्कर्षमा पुर्याउनुपर्छ भन्ने हिसाबले हिजोको सदन स्थगित भएको हो। सरकारी पक्षका पार्टी र विपक्षी पार्टीसँगग कुराकानी गर्नुपर्ने छ। आज कुराकानी हुन्छ। यो महत्वपूर्ण विषय भएकोले सदनमा एउटा छलफलको वातावरण हुनुपर्छ भन्ने हाम्रो आजको छलफलको निष्कर्ष छ।’
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया