बिएल संवाददाता
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस र एमालेको गठबन्धन राम्रोसँग चलिरहेको दाबी गरेका छन्।
बिहीबार जनकपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै देउवाले गठबन्धनमा कुनै समस्या नरहेको स्पष्ट गरेका छन्। उनले सत्तागठबन्धन ०८४ सम्म निरन्तर चल्ने दाबीसमेत गरे।
त्यस्तै सभापति देउवाले गृहमन्त्रीले राजीनामा दिनुपर्ने कुनै कारण नभएको दाबी गर्दै संसदको गतिरोध अन्त्यका लागि प्रयास भइरहेको बताए।
त्यस्तै उनले अहिलेको बजेट राम्रो रहेको प्रतिक्रिया दिए। देउवाले कांग्रेस र एमालेको संयुक्त सरकारले ल्याएको बजेट राम्रो र सन्तुलित रहेको जनाए।
सरकारले ल्याउने बजेटबाट कुनै न कुनै पक्ष सँधै असन्तुष्ट रहने भएकाले त्यसतर्फ ध्यान नदिन उनको आग्रह थियो।
उनले राजावादीहरुको आन्दोलन तुहिसकेकाले त्यस विषयमा कुरा गर्नु कुनै औचित्य नरहेको बताए।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया