बिएल संवाददाता
नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगिता पहाडीलगायत १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
टेलिकमको बिलिङ ठेक्कासम्बन्धी प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूविरुद्ध आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।
अख्तियारको आरोपपत्रमा जनाइए अनुसार टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेल, तत्कालीन प्रमुख व्यावसायिक अधिकृत (हाल प्रबन्ध निर्देशक) पहाडी तथा एसियाइन्फो योङ्हाङ्ग सफ्टवेयर बेइजिङ लिमिटेड चाइनासमेत १८ जना उपर नेपाल दूरसञ्चार कम्पनी लिमिटेड/सार्वजनिक संस्थाको सम्पत्ति हिनामिना हानी नोक्सानी गरी गराई भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर भएको हो।
‘प्रतिवादीहरूको आपसी मिलोमतो तथा योजनामा आफूहरूलाई लाभ र नेपाल टेलिकम लिमिटेड/सार्वजनिक संस्थालाई हानि नोक्सानी पुर्याउने बदनियतले गैरकानूनी तवरवाट मूल सम्झौताको प्रावधान बमोजिम एएमसी सेवामा बार्षीक ५% छुट नलिइ सो प्रावधानको प्रतिकूल हुने गरी ‘Annual Maintenance Contract’ वापत अमेरिकी डलर एक करोड ८५ लाख (New Features र Training सहित अमेरिकी डलर दुई करोड पाँच लाख ६३ हजार) अस्वाभाविक मूल्यमा एकमुष्ट ४+१ वर्षको सम्झौता गरी कार्यान्वयन गरी गराई हालसम्म भुक्तानी भएको रकम ९,८८,४१,९५६.८५ रुपैयाँ (अमेरिकी डलर ७२८,३०८.४९) र ८ जनवरी २०२३ को सम्झौता बमोजिमको नेपाल टेलिकमलाई दायित्व सृजना भइसकेको बिगो २३,59,७५४७३ रुपैयाँ गरी जम्मा ३३,४८,१७,४३० रुपैयाँ हिनामिना हानिनोक्सानी गरे गराएको प्रतिवादीहरूको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसूर भएको हुँदा उल्लिखित कसुरजन्य कार्यमा संलग्न प्रतिवादीहरू उपर देहाय बमोजिमको सजाय हुन मागवादी लिई विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।’
यो कार्यमा ३३ करोड ४८ लाख १७ हजार ४३० रूपैयाँ हिनामिना गरिएको अख्तियारको दाबी छ।
प्रतिवादीहरूको नाम तथा बिगोबारे विस्तृत विवरण-
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया