बिएल संवाददाता
प्रतिनिधि सभामा जारी अवरोध बारे छलफल गर्न बसेको विपक्षी दलहरूको बैठक सकिएको छ।
बैठक सकिए लगत्तै माओवादी नेताहरू कांग्रेस नेताहरूसँग छलफलमा जुटेका छन्। खुमलटार स्रोतका अनुसार अध्यक्ष ‘प्रचण्ड’को सन्देश लिएर शक्ति बस्नेतलगायत नेताहरू कांग्रेसका नेताहरूलाई भेट्न गएका छन्।
विपक्षी दलहरूको बैठकले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि अनुसन्धान गर्न छानबिन आयोग बनाउने मागबाट पछि नहट्ने निष्कर्ष निकालेको छ।
सोही निर्णय सुनाउन माओवादी नेताहरू कांग्रेस नेताहरूलाई भेट्न पुगेको बताइएको छ।
सत्तापक्षले भने छानबिन समिति कुनै पनि हालतमा नबन्ने बताइसकेको छ। लामो समयदेखि जारी छलफल निष्कर्षविहिन बनिरहेपछि एमाले र कांग्रेसका प्रमुख सचेतकहरूले आजबाट सदनमा पेलेरै अघि बढ्ने बताइसकेका छन्।
रामकुमारी झाँक्री: ‘बोल्न पाइन्छ’ देखि ‘फर्किन पाइन्छ’ सम्मको यात्रा
देश र प्रहरी संगठनको हितमा वरिष्ठलाई ‘आईजीपी’
स्वतन्त्रता भनेको स्वच्छन्दता र अराजकता होइन
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया