बिएल संवाददाता
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले सरकारले आफ्ना कार्यकर्तालाई ‘झोले’ बनाएको आरोप लगाएका छन्।
आइतबार पार्टी कार्यालय आलोकनगरमा बसेको पार्टीको बागमती प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै उनले नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो कार्यकर्तालाई पार्टीप्रति समर्पित बनाउनुहोस्, झोले नबनाउनुहोस् भन्दै सुझाए।
उनले भने, ‘वर्तमान सरकारका तौर तरिकालाई हेर्दा दिक्क लागिरहेको छ। त्यसैले सरकारलाई बेलाबेलामा सुझाव दिइरहेको छौं। सरकार गलत बाटो नहिडोस्, गलत दृष्किोण त्यागोस्। आग्रहपूर्वाग्रह नलियोस्। देश र जनताको कल्याणको निम्ति इमान्दारिताकासाथ लागोस्। आफ्नो कार्यकर्तालाई समर्पित बनाउनुहोस्, झोले नबनाउनुहोस्।’
त्यस्तै उनले शक्तिशाली सरकार भएर पनि सरकारले आफ्नो देशलाई राम्रो बनाउने कुरामा ध्यान नदिएको बताए।
उनले भने, ‘सरकारले आफ्नो देशलाई राम्रो बनाउने कुरामा खोइ ध्यान दिएको? जबकी यो भन्दा शक्तिशाली सरकार संभवत अर्को बन्न सक्दैन। सङ्ख्याको हिसाबले, पार्टीको हिसाबले पनि अत्यन्तै ठूलो रहेको सरकार अहिले देशमा हुँदा त्यसले पनि केही गर्न सकेन भने विकासको बारेमा प्रश्न उठाउनु स्वभाविक हो। जनतामा भएको निराशाको फाइदा उठाउन खोज्नु पनि स्वभाविक हुन्छ।’
त्यस्तै उनले प्रतिस्पर्धाको राजनीतिमा आफूहरू लागिरहेको भन्दै प्रतिस्पर्धाबाट कुनै पनि हालतमा पछि नहट्ने दाबी गरे।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया