बिएल संवाददाता
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले अमेरिकाले ल्याएको ट्रेडसँग सम्बन्धि नयाँ नीतिले नेपाललाई प्रसव पीडामा पुर्याएको बताएका छन्।
बुधबार नेपाल अमेरिका व्यापारः अवसर र चुनौती विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले अमेरिकाको नयाँ सरकार बनिसकेपछिको नीतिले नेपाललाई अप्ठ्यारो परेको बताएका हुन्।
उनले भने, ‘हामीले पछिल्लो अमेरिकाको चुनावको पूर्व सन्ध्यामा नेपाल र अमेरिकाबिच सम्झौता गरेका थियौ। अमेरिकाको नयाँ सरकार बनिसकेपछिको नीतिले ट्रेडमा चलेको होडबाजीको विश्वव्यापी केही पराकम्पन आए।’
उनले थप भने, ‘त्यसका हाम्रो तर्फबाट गर्नुपर्ने कुटनीतिक प्रयासहरू थप गर्नुपर्ने आवश्यकता भएको छ। हामी प्रसव पिडामा छौं। यहाँबाट अगाडि बढ्ने कि सकिने भनेर। हामीले चाहेर नचाएर पनि हाम्रो सामर्थ्यले अगाडि बढ्नुपर्नेछ।’
मन्त्री भण्डारीले अहिलेको समयमा नेपालले ट्रेड प्रोमोशन नभइकन अर्थतन्त्रमा नयाँ खालको प्रगति गर्ने अवस्था नरहेको बताए।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया