बिएल संवाददाता
उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालमा हरेक क्षेत्रको अपार सम्भावना रहेको बताउँदै त्यसको समुचित सदुपयोग गर्नुपर्नेमा जोड दिएका छन्।
मिडिया इन्टरनेसनलद्वारा आयोजित ‘काम गरौं आफ्नै देशमा’नामक वित्तीय साक्षरता, उद्यमशीलता तथा आर्थिक सम्भाव्यताको खोज अभियान कार्यक्रमको उद्घाटन गर्दै अर्थमन्त्री पौडेलले नेपाली युवाले देशमै अवसर खोज्न सक्ने वातावारण निर्माण गर्नुपर्ने बताए।
उनले भने, ‘आफूभित्रको सम्भावना र आफ्नै देशको सम्भाव्यता बुझ्न सकेको देशले मात्रै विकासमा गति लिन्छ। जोसँग जे छ, त्यसैको सदुपयोग गरेर अगाडि बढ्नुपर्छ। नेपालसँग नभएको केही चिज नै छैन। नेपालमा संसारको सबैभन्दा अग्लो सगरमाथा छ, हिमाल, पहाड, तराई छ। हामीसँग अन्नको भण्डार पनि धेरै नै छ। फलफूलका निम्ति अत्यन्तै सम्भावना बोकेको पहाड छ। जडिबुटीका निम्ति सम्भावना बोकेको हिमाली क्षेत्र छ। हामीसँग भएको वनस्पति, वन्यजन्तु संसारमा छैन होला। हरेक हिसावले सम्पन्न छौं।’
उनले नेपालमा सगरमाथादेखि हिमाल, पहाड र तराईसम्मको भूगोलले अनन्त सम्भावना बोकेको बताए। उनले हिमाल, पहाड र तराई नेपालसँग भएकाले अन्न, फलफूल, जडिबुटी र वन्यजन्तुको दृष्टिले नेपाल सम्पन्न देश भएको बताए।
अर्थमन्त्री पौडेलले जलस्रोतको दृष्टिले नेपाल संसारकै दोस्रो धनी देश भएको उल्लेख गर्दै त्यसको दीर्घकालीन व्यवस्थापनमा ध्यान दिनुपर्ने धारणा राखे।
उनले नेपालसँग आगामी ५० वर्षसम्म आन्तरिक आवश्यकतालाई पूरा गर्न सक्ने स्रोतसाधनहरू प्रशस्त भएकाले त्यसको उपयोग गरी देशभित्रै रोजगारी सिर्जना गर्न र युवालाई स्वदेशमै अवसर दिन सकिने उनले उल्लेख गरे।
उनले भने, ‘जलस्रोतको दृष्टिकोणले संसारको दोस्रो धनी देश भन्छौं। हिमनदीहरू छन्। तर पछिल्लो समय हिमाल पग्लिँदै गरेको र हिमनदीहरू सुक्दै गएको छन् यो एउटा चिन्ताको विषय हो। तरपनि हामी जलस्रोतको दृष्टिकोणले संसारको दोस्रो ठूलो हौं। हामीसँग ५० वर्षको आन्तरिक आवश्यक्ता पूरा गर्न सक्ने धेरै चिजहरू छन्।’
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया