बिएल संवाददाता
काठमाडौं महानगरपालिकाको कार्यालयमा लिफ्ट जडानका क्रममा अनियमितता भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ।
विभिन्न अनियमितताविरुद्ध मुद्दा हालेर परिचित युवराज सफलले बालेनले आफ्नो लागि जडान गरिएको लिफ्टमा पनि भ्रष्टाचार गरेको दाबीसहित अख्तियारमा मुद्दा दायर गरेका हुन्।
मेयर साहले बिना प्रतिस्पर्धा, बिना टेण्डर र बिना कोटेसन करिब एक करोड रुपैयाँ मूल्य बराबरको लिफ्ट जडान गरेका उजुरीमा दाबी गरिएको छ।
उजुरीमा भनिएको छ, ‘काठमाडौं महानगरपालिकाले नयाँ लिफ्ट जडान गरेकोप्रति म उजुरीकर्ताको विरोध हैन तर लिफ्ट जडान गर्दा सार्वजनिक खरिद ऐन २०६३ को दफा (११) बोलपत्रसम्बन्धी व्यवस्था र सार्वजनिक खरिद नियमावली २०६४ विपरित बिना प्रतिस्पर्धा, बिना टेण्डर र बिना कोटेसन अपारदर्शी अनियमित तरिकाले जोडिएको प्रति मेरो आपत्ति हो। सामान्यतया सरकारी वा सार्वजनिक निकायले कुनै खरिद वा निर्माण गर्दा बोलपत्र आव्हान गर्नुपर्ने कुरा अनिवार्य नै हो। अतः तत्काल काठमाडौं महानगरपालिकाले जोडेको नयाँ लिफ्ट जडान सम्बन्धी टेण्डर बोलपत्र लगायतका आवश्यक कागजात निर्माण कम्पनीको विवरण सो निर्माण स्वीकृत गर्दाका सम्पुर्ण फाइल भुक्तानी विवरण बिल भौचर लगायतका कागजात समेत झिकाई नयाँ लिफ्ट निर्माणमा भएका अनियमितता एवम भ्रष्टाचारको सम्बन्धमा सत्यतथ्य छानबिन गरी आवश्यक कारबाही गर्नुहुन प्रस्तुत उजुरी पेश गरेको छु।’
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया