बिएल संवाददाता
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाल रिपब्लिक मिडियाकी निर्देशक शोभा ज्ञवालीसँगको टेलिफोन संवादलाई ‘धम्कीपूर्ण’ भन्दै प्रकाशित गरिएको समाचारप्रति कडा आपत्ति जनाएकी छन्।
नागरिक दैनिकमा प्रकाशित समाचार ‘पूर्णरूपमा तोडमोड गरिएको र भ्रामक’ रहेको उनको दाबी छ।
मन्त्री देउवाले भनिन्, ‘शोभा ज्ञवालीसँग सामाजिक सञ्जालमा हाम्रो परिवारप्रति लक्षित एक भ्रामक र तथ्यहीन भिडियोको न्यायीक निरुपणबारे सामान्य संवाद भएको हो, धम्की दिनेको कुनै प्रश्नै उठ्दैन।’
उक्त भिडियो सार्वजनिक गर्ने संस्था सरकारी निकायमा दर्ता नभएको पत्ता लागेपछि प्रेस काउन्सिलमार्फत नभई कानुनी प्रक्रियाबाट न्याय खोजिएको उनले स्पष्ट पारिन्। ‘अदालतबाट पक्राउ पूर्जी जारी भइसकेको अवस्थामा हामी कानुनको पालना गर्दैछौं,’ मन्त्री देउवाले भनिन्।
उनका अनुसार उनले ज्ञवालीलाई कानुनी प्रक्रियाबारे मात्र जानकारी गराएकी थिइन् र सुझावस्वरूप अन्तर्राष्ट्रिय मापदण्डअनुसार चल्ने न्यूयोर्क टाइम्स जस्तो मिडियाले पनि तथ्य नबुझी भ्रामक भिडियो स्रोत मानेर समाचार प्रकाशन गर्नु नहुने बताएकी थिइन्।
‘हामीबीच भएको संवादलाई तोडमोड गरी धम्कीका रूपमा आफ्नै पत्रिकामा समाचार प्रकाशित गर्नु दु:खद र आपत्तिजनक छ,’ परराष्ट्रमन्त्रीको भनाइ छ।
लोकतन्त्र, नागरिक अधिकार र प्रेस स्वतन्त्रताका लागि नेपाली कांग्रेसले पुर्याएको योगदान उल्लेख गर्दै उनले भनिन्, ‘मैले जीवनभर प्रेस स्वतन्त्रताको सम्मान गरेकी छु तर मिडियाले पनि सत्य, तथ्य र जिम्मेवारीमा आधारित पत्रकारिता गर्नुपर्छ।’
उनले थप जोड दिइन्, ‘लोकतन्त्र र प्रेस एक अर्काका परिपूरक हुन्। तर मिडियाले व्यक्तिको वैयक्तिक स्वतन्त्रतामाथि हस्तक्षेप नगरी, सत्यको पक्षमा उभिने दायित्व पूरा गर्नुपर्छ।’
‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त, को हुन् उनी?
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया