बिएल संवाददाता
शुक्रबार बिहान सिंहदरबारमा बसेको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा सांसदहरूबीच चर्काचर्की र टेबुल ठोकाठोक भएको छ।
समिति बैंठकमा श्रममन्त्री शरदसिंह भण्डारी र गृहमन्त्री रमेश लेखक अनुपस्थित भएको साथै दुई मन्त्रीका विषयमा छानविन हुनुपर्ने विषयमा चर्काचर्की भएको हो।
समिति सभापति अब्दुल खानले विषयबस्तुमाथि प्रष्ट पारेर सांसदहरूको धारणा माग गर्ने सिलसिलामा प्रतिपक्षी दलका सांसदहरूले विषयान्तर गर्दै टेबल ठोकेका थिए।
रास्वपा सांसद गणेश पराजुलीले राज्यका निकायको मिलोमतोमा नेपाल नागरिकहरू बेचिनुपरेकाले आफूहरूले छानबिन समितिको माग गरेको तर संसदीय समितिमा मानवतस्करीविरुद्ध उभिने सांसद सदनमा भने पार्टीको ह्वीप मानेर निरीह बन्ने गरेको भन्दै ‘यो मुद्दा रास्वपाको मात्रै हो?’ भनेर प्रश्न गरेका थिए। पराजुलीको प्रश्नपछि चर्काचर्की परेको हो।
उनले यस प्रकरणमा गृहमन्त्री र श्रममन्त्री आएर समितिमा जवाफ दिनुपर्ने मागसमेत गरे। सांसद पराजुलीलाई सत्तापक्षले प्रतिवाद गर्दै अख्तियारले छानबिन गरिरहेकाले समितिको विषय नभएको बताए। सांसद पराजुलीले निरीह भनेकोमा सांसदहरूले आपत्ति जनाए। र रेकर्डबाट हटाउन समेत माग गरे।
यत्तिकैमा नेकपा एकीकृत समाजवादीका सांसद कृष्णकुमार श्रेष्ठले आफूहरू पनि मानव तस्करीको विरोधमा रहेको दाबी गर्दै ‘रास्वपा मात्रै यसको ठेकदार हो?’ भन्दै टेबुल ठोक्दै उफ्रिए।
रामकुमारी झाँक्री: ‘बोल्न पाइन्छ’ देखि ‘फर्किन पाइन्छ’ सम्मको यात्रा
देश र प्रहरी संगठनको हितमा वरिष्ठलाई ‘आईजीपी’
स्वतन्त्रता भनेको स्वच्छन्दता र अराजकता होइन
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया