बिएल संवाददाता
न्याय परिषदले चारवटा उच्च अदालतका मुख्य न्यायाधीशहरूको नियुक्ति तथा पदस्थापन सिफारिस गरेको छ।
शुक्रबार बसेको परिषदको बैठकले उच्च अदालतका मुख्य न्यायाधीशहरूको नियुक्ति तथा पदस्थापन सिफारिस गरेको हो।
सिफारिस सूचीअनुसार उच्च अदालत जनकपुर अस्थायी इजलास विरगंजका न्यायाधीश राजन भट्टराईलाई उच्च अदालत विराटनगर र पाटन उच्च अदालतका न्यायाधीश लालबहादुर कुँवरलाई पाटनमै मुख्य न्यायाधीश सिफारिस गरिएको छ।
त्यस्तै उच्च अदालत तुलसीपुरमा काजमा रहेका न्यायाधीश हरिप्रसाद भण्डारीलाई सुर्खेत र बुटवल इजलासका न्यायाधीश राजेश्वर तिवारीलाई तुलसीपुर उच्च अदालतको मुख्य न्यायाधीशमा पदस्थापनको लागि सिफारिस गरिएको छ।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया