बिएल संवाददाता
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र सांसद धवलशमशेर राणाविरुद्ध फेरि पक्राउ पूर्जी जारी हुने भएको छ।
अदालतमा बयानका लागि अनुपस्थित रहेका उनीहरूविरुद्ध फरार अरोपीको रूपमा पक्राउ पुर्जी जारी हुने भएको हो।
तीनकुने घटनामा मुद्दा खेपिरहेका राणा उपचार गर्ने नाममा हाजिर जमानीमा र मिश्र बन्दी प्रत्यक्षीकरणको आदेशमार्फत छुटेका थिए। तर, काठमाडौं जिल्ला अदालतमा सरकारी वकिल कार्यालयले मुद्दा दायर गर्दासम्म पनि उनीहरू अनुपस्थित भएपछि पक्राउ पुर्जी जारी हुने भएको हो।
गत चैत १५ गते तीनकुनेमा भएको राजावादीहरूको आन्दोलन हिंसात्मक बनेको घटनामा तत्कालिन कमाण्डर दुर्गा प्रसाईंसहित सात जनालाई अदालतले पुर्पक्षका लागि थुनामा पठाइसकेको छ।
तर हिरासतबाट छुटेयता फरार रहेका राणा र मिश्र अदालतमा समेत अनुपस्थित भएपछि फेरि पक्राउ पूर्जी जारी गर्न लागिकको जिल्ला अदालत स्रोतले बतायो।
यसअघि अनुसन्धान अधिकृते राणा र मिश्रलाई जिम्मा जमानीमा लिने कानुन व्यवसायी र स्वकीय सचिवलाई २५-२५ हजार रुपैयाँ जरिवानासमेत तिराइसकेका छन्।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया