बिएल संवाददाता
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले व्यापारीबाट विद्युत प्राधिकरणको बक्यौता नउठाएको भन्दै उर्जामन्त्रीकै सामू असन्तुष्टि पोखेका छन्।
पार्टी निकट विद्युत प्राधिकरण संघको महाधिवेशनलाई सम्बोधन गर्दै कोइरालाले व्यापारीबाट उठाउनुपर्ने पैसा नउठाएर प्राधिकरण खस्कियो भन्दै हल्ला गर्नु गलत भएको जिकिर गरे।
उनले भने, ‘कम्तीमा पनि २३ अर्ब उठाउनुपर्ने छ, अनि हामी विद्युत प्राधिकरण खस्कियो, धारासायी भयो भन्छौं, यो गलत हो। उठाउनुपर्ने पैसा चाहिँ नउठाउने? पहिला पैसा उठाउँ न, कल्पना गरौँ, जनताले जबसम्म बक्यौता उठाउँदैन तबसम्म प्राधिकरणलाई मासिक चार्ज दिँदैनौं भने भने के हुन्छ? उद्योग व्यवसायी पाल्नको लागि जनता होइन।’
विद्युत प्राधिकरणको बक्यौता छिटोभन्दा छिटो नउठाए देशकै अवस्था नाजुक हुने उनको दाबी थियो। कोइरालाले उर्जामन्त्री खड्कासँग आफ्नो राम्रो सम्बन्ध रहेको पनि बताए।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया