बिएल संवाददाता
गृहमन्त्री रमेश लेखकले राष्ट्रिय स्वतन्त्र पार्टीले भिजिट भिसा प्रकरणमा नक्कली पीडित खडा गरेर आफूविरुद्ध जालसाँझ गर्ने प्रयत्न गरिरहेको आरोप लगाएका छन्।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले पार्टी कार्यालयमा नक्कली पीडितहरूलाई बोलाएर जाहेरी लेखेर आफ्नोविरुद्ध दर्ता गर्ने प्रयत्न गरेको आरोप लगाउँदै यस्ता अपमानजनक र जालछाँट गरेर नक्कली पीडित खडा गर्नेहरूको पत्ता लगाएर कारबाही गरिने चेतावनी दिए।
उनले भने, ‘केही पार्टी कार्यालयहरूमा नक्कली पीडितहरूलाई बोलाएर पार्टी कार्यालयमा जाहेरीहरू लेखेर मेराविरुद्ध विभिन्न ठाउँमा दर्ता गर्ने प्रयत्न भइरहेको छ। कुन पार्टी कार्यालयमा लेखिएको छ त्यो मलाई जानकारी भइसकेको छ। यस्ता जालछाँट र अमर्यादित काम गरेर आफ्नो राजनीति अभिष्ट पूरा गर्ने काममा नलाग्न म आग्रह गर्दछु। यस्ता अपमानजनक र जालछाँट गरेर नक्कली पीडित खडा गर्नेहरूको पत्ता लगाएर कारबाही गरिने छ।’
त्यस्तै उनले रास्वपा सम्भावना बोकेको पार्टी भएको भन्दै यस्ता जालछाँटमा नलागी सचेत रहन सुझाव दिए। रास्वपाका सांसदहरूले तत्कालीन गृहमन्त्री रवि लामिछानेसँग जोडेर अहिले आफूलाई त्यसको प्रतिशोध लिने काममा लागि परेको समेत बताए।
‘जालछाँट गरेर नक्कली पीडित खडा गर्ने पार्टी कार्यालयहरू बन्दैछन्। यसमा तपाईंहरू सचेत हुनुहोस्। किनभने तपाईंहरू सम्भावना बोकेको पार्टी हुनुहुन्छ। हिजो मैले श्रममन्त्री हुँदा वैदेशिक रोजगार ऐन बनाएर चारवटा देशसँग श्रम सम्झौता गरेको सम्झना गर्नुहोस्। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले तत्कालीन गृहमन्त्रीज्यूलाई जोडेर मलाई अहिले त्यसको प्रतिशोध लिने काममा लाग्नुभएको छ,’ उनले भने।
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
‘समस्या नेता मात्र होइन, नागरिक संस्कार पनि हो’
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया