बिएल संवाददाता
रास्वपा सांसद तथा पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले विद्यालय शिक्षा विधेयक बनाउने जिम्मेवारी संसदको भएको बताउँदै बाह्य प्रेसर सह्य नहुने बताएकी छन्।
प्रतिनिधि सभाको शिक्षा समिति बैठकमा विद्यालय शिक्षा विधेयकमाथि छलफलमा आफ्नो धारणा राख्दै सुमनाले सरकार नेपाल शिक्षक महासंघ, प्याब्सन, एनप्याब्सन, हिसान जस्ता संघसंस्थाको दबाबमा परेको दाबी गर्दै ऐन बनाउँने विषयमा बाह्य हस्तक्षेप सह्य नहुने बताइन्।
उनले महासंघले राजनीतिक दवाब दिए त्यो पार्टीले थेग्नुपर्ने तर सांसदहरूलाई दवाब असर पार्न नहुने जिकिर गरिन्। उनले ऐन बनाउने जिम्मेवारी संसद्को भएको बताउँदै त्यसका लागि सरकारलाई रुलिङ गर्न समिति सभापतिसँग अनुरोध गरिन्।
उनले भनिन्, ‘अंग्रेजीमा एउटा भनाइ छ- ‘डज द डग वाग द टेल, अर डज द टेल वाग द डग? कुकुरले पुच्छर हल्लाउने कि पुच्छरले चाहिँ कुकुर हल्लाउने? हामीले बनाउने हो कि संघ संगठनहरूले विधेयक बनाउने?’
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया