बिएल संवाददाता
नेकपा माओवादी केन्द्रका सांसद वर्षमान पुनले रास्वपालाई माओवादीबाट संसदीय अभ्यास सिक्न सुझाव दिएका छन्।
आइतबारको प्रतिनिधि सभामा बोल्दै सांसद पुनले भिजिट भीसा प्रकरणमा छानबिनका लागि सरकार तयार भइसकेको दाबी गर्दै प्रतिपक्षका माग ‘एक ढंगले सम्बोधन भइसकेको’ले रास्वपाका सांसदहरूलाई पनि संसदीय प्रक्रियामा भाग लिन आग्रह गरे।
‘रास्वपा र हामी हिजो अस्तिसम्म सँगै सदन अवरोध गरिरहेका थियौं। रास्वपाका माननीयज्यूलाइ पनि अनुरोध छ। उहाँहरू नयाँ दल हुनुहुन्छ। हामीले उठाएका विषय एक ढंगले सम्वोधन भएको छ। अब बजेटका विषयमा धारणा राख्न समय लिनुस्,’ पुनले भने, ‘तपाईंहरूसँग नयाँ दलको अनुभव कमी छ। संसदीय संघर्षमा अनुभव नपुग्न सक्छ। यस्तो अनुभव हामीसित सिक्न अनुरोध गर्छु। सत्तापक्षका साथीहरूलाई पनि अलि संयमित ढंगले प्रस्तुत हुन आग्रह गर्छु। प्रमुख प्रतिपक्ष आइसक्यो, पेले पनि हुन्छ भन्ने ठानिनु हुँदैन।’
पुनले पूर्वसभामुख अग्नी सापकोटाविरुद्धको मुद्दामा सरकारसँग तर्सिएर माओवादीले सदन खुलाउन सम्झौता गरेको आरोपको पनि खण्डन गरे। उनले सरकारसँग कुनै लेनदेन नभएको स्पष्ट पारे।
उनले भने, ‘हामी तर्सेका छैनौं। हामी छानविनका लागि तयार छौं। सरकार तयार भएको छ। प्रमुख प्रतिपक्षको रुपमा हाम्रो निरन्तर सहयोग र खबरदारी हुन्छ। दुई बुँदे सहमति गर्दा पूर्वसभामुख अग्नी सापकोटाका मुद्दा वा प्रसंग जोडेर माओवादी तर्सियो भनियो। त्यस्तो होइन कुनै लेनदेन भएको छैन।’
‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त, को हुन् उनी?
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया