बिएल संवाददाता
नेकपा माओवादी केन्द्रका सांसद वर्षमान पुनले रास्वपालाई माओवादीबाट संसदीय अभ्यास सिक्न सुझाव दिएका छन्।
आइतबारको प्रतिनिधि सभामा बोल्दै सांसद पुनले भिजिट भीसा प्रकरणमा छानबिनका लागि सरकार तयार भइसकेको दाबी गर्दै प्रतिपक्षका माग ‘एक ढंगले सम्बोधन भइसकेको’ले रास्वपाका सांसदहरूलाई पनि संसदीय प्रक्रियामा भाग लिन आग्रह गरे।
‘रास्वपा र हामी हिजो अस्तिसम्म सँगै सदन अवरोध गरिरहेका थियौं। रास्वपाका माननीयज्यूलाइ पनि अनुरोध छ। उहाँहरू नयाँ दल हुनुहुन्छ। हामीले उठाएका विषय एक ढंगले सम्वोधन भएको छ। अब बजेटका विषयमा धारणा राख्न समय लिनुस्,’ पुनले भने, ‘तपाईंहरूसँग नयाँ दलको अनुभव कमी छ। संसदीय संघर्षमा अनुभव नपुग्न सक्छ। यस्तो अनुभव हामीसित सिक्न अनुरोध गर्छु। सत्तापक्षका साथीहरूलाई पनि अलि संयमित ढंगले प्रस्तुत हुन आग्रह गर्छु। प्रमुख प्रतिपक्ष आइसक्यो, पेले पनि हुन्छ भन्ने ठानिनु हुँदैन।’
पुनले पूर्वसभामुख अग्नी सापकोटाविरुद्धको मुद्दामा सरकारसँग तर्सिएर माओवादीले सदन खुलाउन सम्झौता गरेको आरोपको पनि खण्डन गरे। उनले सरकारसँग कुनै लेनदेन नभएको स्पष्ट पारे।
उनले भने, ‘हामी तर्सेका छैनौं। हामी छानविनका लागि तयार छौं। सरकार तयार भएको छ। प्रमुख प्रतिपक्षको रुपमा हाम्रो निरन्तर सहयोग र खबरदारी हुन्छ। दुई बुँदे सहमति गर्दा पूर्वसभामुख अग्नी सापकोटाका मुद्दा वा प्रसंग जोडेर माओवादी तर्सियो भनियो। त्यस्तो होइन कुनै लेनदेन भएको छैन।’
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया