बिएल संवाददाता
नेकपा माओवादीका नेता वर्षमान पुनले माओवादीलाई प्रधानमन्त्रीबाटै धम्की आइरहेको बताएका छन्।
आइतबार संसद भवन परिसरमा पत्रकारहरूसँग कुराकानी गर्दै सांसद पुनले आफूहरूलाई प्रधानमन्त्री र गठबन्धनका माथिल्लो तहबाटै निरन्तर धम्कीहरू आइरहेको बताएका हुन्। उनले सरकार पक्षबाट धम्कीहरू आइरहे पनि माओवादी नडराएको दाबी गरे।
भिडियो-
उनले भने, ‘प्रधानमन्त्रीकै तहमा, गठबन्धनमा रहेका माथिल्लो तहकै साथीहरूबाट पनि हामीलाई प्रत्यक्ष, अप्रत्यक्ष रुपमा धम्की दिने, फाइल खोलिन्छन्, सम्पत्ति शुद्धीकरण, अख्तियार या अरु कुनै सीआईबी लगायत लगाइन्छ भन्ने प्रत्यक्ष अप्रत्यक्ष धम्कीहरू आइरहेको छ। हामी डराएका छैनौं। हामी डराउँदैनौं। हामी जनताको कुरा जायज कुरा उठाइराख्छौं।’
उनले संसदको अवरोध खोल्ने सम्झौता गरेर अग्नि सापकोटाको मुद्दासँग लेनदेन गरेको भन्ने आरोपको पनि खण्डन गरे।
उनले भने, ‘त्यो कुरामा चैं हाम्रो कुनै अग्नि सापकोटासँग साटेको, हामीलाई त्यतातिर दवाब महसुस भएको होइन। किनभने अग्निजीको मुद्दा द्वन्द्वकालिन मुद्दा हो त्यसलाई टीआरसीले हेर्ने हो। त्यसैले यसमा कुनै लेनदेन पनि गरेको होइन दवाब पनि छैन।’
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया