बिएल संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीलगायत सरकारको आलोचना गरेको आरोपमा एक युवतीलाई साइबर ब्युरोले पक्राउ गरेको छ।
खोटाङको हलेसीतुवाचुङ नगरपालिका-६ घर भई हाल भक्तपुरमा बसोबास गर्दै आएकी ३१ वर्षीया टिकटकर रमा बस्नेतलाई आइतबार पक्राउ गरिएको प्रवक्ता एवं सूचना अधिकारी एसपी दिपक राज अवस्थीले जानकारी दिए। प्रहरीका अनुसार उनले आफूलाई कम्प्युटर इन्जिनियर बताएकी छन्।
ब्यूरोले जारी गरेको विज्ञप्तिमा उनलाई पक्राउ गर्नुको कारण ‘सामाजिक सञ्जाल टिकटकमा नियमित तथा नियोजितरूपमा जातिय एवम् साम्प्रदायिक भावनामा खलल पुर्याउनुका साथै प्रतिष्ठित व्यक्ति तथा संस्थालाई लक्षित गरी तथ्य र आधारहीन विषयलाई उठान गरी, भ्रामक विषयवस्तु प्रसारण गरी व्यक्ति, संस्था र सम्प्रदायप्रति नकारात्मक धारणा फैलाई चरित्र हत्या गरेकाे’ उल्लेख छ।
ब्यूरोले उनीमाथि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा अनुसन्धानका लागि जिल्ला अदालत काठमाडौंबाट तीन दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको जनाएको छ।
नेपालको शासनको पहुँचमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसहित मूलधारका राजनीतिक दल र नेता-कार्यकर्तालाई तथानाम गाली गर्ने तर, बालेन साह र रवि लामिछानेको समर्थनमा भिडियो बनाउने गरेको पाइएको ब्यूरोका एक अधिकारीले बताए।
ब्यूरो स्रोतका अनुसार उनले फेक आईडी बनाएर यस्तो काम गर्दै आएकी थिइन्। ब्यूरोको अनुसन्धान टोलीले एक महिना लगाएरउनको पहिचान गरेको स्रोतले बतायो।
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
‘समस्या नेता मात्र होइन, नागरिक संस्कार पनि हो’
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया