बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सन्तोष परियारले भिजिट भिसाको आवरणमा राज्यको संलग्नतामा मानव बेचबिखन भइरहेको गम्भीर आरोप लगाएका छन्।
सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै परियारले विगत २० दिनदेखि यो विषय सार्वजनिक रुपमा चर्चामा आएको भन्दै राज्य संयन्त्र स्वयं यसमा संलग्न भएको बताएका हुन्।
‘विगत लामो समयदेखि, २० औँ दिनदेखि भिजिट भिसाको आवरणमा राज्यको संयन्त्रले निजी बनाएर गरिरहेको मानव बेचबिखनको कुरा बाहिर आएका छन्,’ उनले भने, ‘यो राज्य जनताको लागि हो कि शासकहरूको लागि हो? आफ्नै नागरिकलाई अनेक कानुन बनाएर, संरचना बनाएर बेचबिखन गर्ने, तस्करी गर्ने राज्यलाई कसले जवाफदेही बनाउने?’
परियारले राज्य जनताको हितका लागि हुनुपर्नेमा, आजको राज्य व्यवस्था शासकहरूको स्वार्थमा सीमित भएको टिप्पणी गरे।
‘आम नागरिकको सुरक्षाका लागि, जनताको हितका लागि राज्य अवधारणा आएको हो, ताकी शासकहरूको लागि होइन,’ उनले थपे।
संसदमा संख्या र सत्ताको दम्भ देखाउँदै जनताका मुद्दा बेवास्ता गरिएकोप्रति पनि उनले आक्रोश व्यक्त गरे।
‘हजुरहरूसँग संसदमा संख्या होला, दम्भ होला,’ परियारले भने, ‘जब शासकहरूको आफ्नै इतिहास लेख्ने इतिहासकारहरू हुने छन्, त्यतिबेलासम्म सिकारको होइन, सिकारीको इतिहास लेखिने छ।’
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया