बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू मंगलबार निलो रिबन लगाएर संसदमा प्रवेश गरेका छन्।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानबिन समितिको माग गर्दै आएको रास्वपाले मानव तस्करीविरुद्धको अभियानको प्रतिक ‘निलो रिबन’ लगाएर विरोध जनाएका हुन्।
रास्वपा सांसद सुमना श्रेष्ठले निलो रिबन लगाएर संसद भवन परिसरमा खिचिएको सामूहिक तस्बिर सेयर गर्दै ‘सरकारको दादागिरी बन्द गर! हाम्रो आन्दोलन जारी छ। people are not for sale!’ लेखेकी छन्।
गृहमन्त्रीको राजीनामा र छानबिन समितिको माग गर्दै रास्वपाले सदनमा अवरोध गर्दै आएको छ। रास्वपा र राप्रपाको अवरोधका बीच सभामुखले सदन सञ्चालन गर्न थालेका छन्।
रास्वपाले संसद बैठक सुरु भएदेखि नसकिदा सम्म अवरोध जारी राखेको छ।
‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त, को हुन् उनी?
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया