बिएल संवाददाता
प्रतिनिधि सभाको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसद अवरोधलाई निरन्तरता दिएपछि सभामुख देवराज घिमिरे जारी अवरोध हटाउन सक्रिय भएका छन्।
मंगलबारको बैठकमा रास्वपा सांसदहरूले मानव बेचविखनविरुद्धको प्रतिक ‘निलो रिबन’ लगाएर सदनमै प्रवेश गरेपछि सभामुखले बैठक नै स्थगित गरेर प्रतिनिधि सभाका पाँच ठूला दलहरूसँग छलफल थालेका हुन्।
नेपाली कांग्रेसले निलो स्कार्फ लगाएर संसदमा प्रवेश गरेका रास्वपा सांसदहरूलाई सदनबाटै निकाल्न सभामुखको ध्यानाकर्षण गराएपछि सभामुख घिमिरे बैठक नै स्थगित गरेर छलफलमा जुटेका हुन्।
घिमिरेले कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया, उपसभामुख इन्दिरा रानासहित एमाले, कांग्रेस, माओवादी केन्द्र, रास्वपा र राप्रपाका प्रमुख सचेतकसँग छलफल गरेको सभामुखको सचिवालयले जनाएको छ।
यसअघि संसद बैठक बस्नुअघि पनि सभामुखले गृहमन्त्री, एमाले र रास्वपा प्रमुख सचेतकसँग छुट्टाछुट्टै छलफल गरेका थिए।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया