बिएल संवाददाता
प्रतिनिधि सभा बैठक यही असार ५ गते बिहीबारसम्मका लागि स्थगित गरिएको छ।
मंगलबार केही मिनेट बसेर स्थगित बैठक सभामुख देवराज घिमिरेले बिहीबारसम्मका लागि स्थगित गरेका हुन्।
मंगलबार नै साढे ४ बजेपछि बस्ने सूचना टाँस गरिएको बैठक दलहरूबीच सहमति नजुटेपछि सङ्घीय संसद् सचिवालयले सूचना टाँसेर असार ५ गते बिहान ११ बजे बस्ने गरी स्थगित गरिएको हो।
मंगलबारको बैठकमा रास्वपा सांसदहरूले मानव बेचविखनविरुद्धको प्रतिक ‘निलो रिबन’ लगाएर सदनमै प्रवेश गरेपछि सभामुखले बैठक नै स्थगित गरेर प्रतिनिधि सभाका पाँच ठूला दलहरूसँग छलफल गरेका थिए।
घिमिरेले कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया, उपसभामुख इन्दिरा रानासहित एमाले, कांग्रेस, माओवादी केन्द्र, रास्वपा र राप्रपाका प्रमुख सचेतकसँग छलफल गरेका थिए।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया