बिएल संवाददाता
जिल्ला अदालत काठमाडौंले राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई तीन लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ।
मंगलबार न्यायाधीश तारादेवी महर्जनको इजलासले मिश्रलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो।
गत चैत १५ गते तीनकुनेको हिंसात्मक राजावादी आन्दोलनमा मिश्रलाई प्रतिवादी बनाइएको छ। सोही दिन राति पक्राउ परेका मिश्र सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट हालेर रिहा भएका थिए।
त्यसयता उनी सम्पर्कविहिन थिए। हिजो मात्रै राप्रपाकै सांसद धवलशमशेर राणा अदालतमा उपस्थित भएर तीन लाख धरौटीमा रिहा भएपछि मिश्र आज अदालतमा उपस्थित भएका थिए।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया