बिएल संवाददाता
नेपाल प्रहरीको साइबर ब्यूरोले पत्रकार दिलभूषण पाठकलाई यधाशीघ्र उपस्थित हुन् सार्वजनिक सूचना जारी गरेको छ।
उच्च अदालत, पाटनले सोमबार मात्र उनीमाथि धरपकड नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो। उक्त आदेशपछि पाठकलाई आफैं ब्यूरोमा उपस्थित भएर अनुसन्धानमा सघाउन आग्रह गर्दै सार्वजनिक सूचना जारी भएको हो।
कांग्रेस सभापति शेरबहादुर देउवा पुत्र जयविरलाई जोडेर रिपोर्ट प्रशारण गरेको आरोपमा उनीविरुद्ध जिल्ला अदालतबाट साइबर अपराध मुद्दामा पक्राउ पुर्जी जारी भएको थियो।
उच्चले जिल्लाको आदेश कार्यान्वयन नगर्न अल्पकालिन आदेश दिएपनि ब्यूरोले भने पाठकविरूद्ध जेठ २७ मा काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति आएको सूचना जारी गरेको हो।
ब्यूरोले उजुरीकर्ताको नाम भने गोप्य राखेको छ।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया