बिएल संवाददाता
आर्थिक हैसियतभन्दा बढी अकुत सम्पत्ति कमाएको आरोपमा गोल्डेन गेट कलेजका सञ्चालक रमेश सिलवालविरूद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उजुरी दर्ता भएको छ।
धादिङको बेनीघाट-९ मा सामान्य परिवारमा जन्मिएका सिलवालले कलेज सुरू भएको १६ वर्षको अवधिमा ४०० करोड रुपैयाँ बराबरको आय आर्जन गरेको भन्दै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा जेठ ८ गते उजुरी परेको हो।
सिलवालमाथि परेको निवेदनमा भनिएको छ- ‘त्रिचन्द कलेजमा समान्य प्राध्यापन पेशामा रहनुभएका सिलवालले गोल्डेन गेट एजुकेसन नेटवर्कमा १७ प्रतिशत शेयर मात्र लगानी गर्नुभएको थियो। नेटवर्कमा अहिले निजले शेयर ६० प्रतिशत पुर्याएको देखिन्छ। कुनै थप लगानी बिना निजको शेयर लगभग दोब्बर कसरी भयो र लगानीको स्रोत के हो भन्ने विषय पनि गम्भीर खोजीको विषय बनेको छ।’
गोल्डेन गेट कलेज र यसको नेटवर्कबाट आउने सम्पूर्ण आम्दानीको दुरुपयोग गरी अध्यक्ष सिलवालले एडभान्स कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट, कसमस कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट, प्राइम कमर्शियल बैंक, कालिन्चोक केवलकार प्रालि, सानिमा जनरल इन्स्योरेन्स, माया खोला हाइड्रो प्रालि लगायतका दर्जनौं कम्पनीमा लगानी गरेको निवेदनमा भनिएको छ।
उनीमाथि राष्ट्रिय खेलकुद परिषद्को सदस्य-सचिव हुँदा दोहोरो सेवा सुविधा लिएको आरोप छ। यस्तै, होटेल म्यानेजमेन्टतर्फ स्नातक तह (बीएचएम)मा अध्ययनरत विद्यार्थीहरूसँग विदेशमा इन्टर्नसिप गराउने बहानामा अवैध रूपमा प्रति विद्यार्थी १ लाख ३० हजार रुपैयाँ असुल-उपर गरेको आरोप लगाइएको छ।
यसैगरी राज्यलाई तिर्नुपर्ने कर छली गरेको र कलेजको नाममा किनिएको ४८ आना जग्गा कित्ता काट गरी विभिन्न व्यक्तिलाई विक्रि गरेको निवेदनमा भनिएको छ। कलेजको हिसाब-किताब गोप्य राख्न सफ्टवेयरमा हेरफेर गरेको आरोप पनि छ।
उनीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र काठमाडौं महानगरपालिकामा पनि उजुरी परेको छ।
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
‘समस्या नेता मात्र होइन, नागरिक संस्कार पनि हो’
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया