बिएल संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले देशका लागि काम गर्ने गरेको जिकिर गरेका छन्।
शनिबार विश्व योग दिवसका अवसरमा ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफूले मौका पाएका बेला देश, जनता, सुशासन र विकासका लागि काम गर्ने गरेको र नपाएका बेला पवित्र मनका साथ बस्ने गरेको जिकिर गरे।
ओलीले आफूले कसैप्रति बैरभाव नराख्ने तर कसैले आफूलाई गाली गर्ने मिसन नै चलाएको जिकिर गरे। उनले आफूलाई गाली गर्नेहरूप्रति माया लाग्ने उल्लेख गर्दै जति गाली गरेपनि प्रशन्न चित्तमा रहने बताए।
उनले गाली गर्नेहरू पनि योगको संगतमा आए मान्छे बन्ने जिकिर गरे। उनले सहभागीहरूलाई हेर्नै भने, ‘तपाईंहरू कसैलाई मुख छाड्दै हिँड्नुभएको छ, गाली गर्दै हिँड्नुभएको छ? हिँड्नुहुन्नऽ किनभने तपाईंहरू योग गर्नुहुन्छ, ध्यान गर्नुहुन्छ, प्राणायाम गर्नुहुन्छ।’
ओलीले आफू जेलमा रहँदा उपचारको व्यवस्था नभएर पेनकिलरमात्र खान दिँदा किड्नी फेल भएको बताए। उनले आफूलाई जेलमा रहँदा अल्सरसमेत भएको र घाउ भतभत पोलेर सहनै नसक्ने अवस्थामा सम्म पुगेको जिकिर गरे।
उनलले भने, ‘जेलमा गातार मलाई पेट्टिक अल्सर भएको थियो। डिउडेनिम अल्सर भएको थियो। त्यो अल्सरले घाउ भएको थियो पेटमा। त्यसमा भतभत पोल्थ्यो र सहन नसक्ने अवस्था बन्थ्यो। कहिले कहिले धेरै ब्लड जान्थ्यो मुखबाट। अनि टीबी थपियो त्यसमाथि। म एकदम सिठ्ठा थिएँ, एकपल्ट अलिक ठीक भएपछि नापिहेरेको तौल ३७ केजी रहेछु।’
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया