बिएल संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीले आलोचना र टिप्पणी जसो गरे पनि बजेट सन्तुलित विकास हुने गरी ल्याइएको दाबी गरेका छन्।
मंगलबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री कार्यालय, राष्ट्रपति, उपराष्ट्रपति कार्यलयगायत बजेटबारे उठेका प्रश्नको जवाफ दिँदै उनले प्रस्तुत बजेट तुलनात्मक रूपमा सन्तुलित, समन्यायिक र नतिजामूलक रहेको दाबी गरे।
उनले भने, ‘सरकारले प्रस्तुत गरेको बजेट तुलनात्मक रूपमा सन्तुलित, समन्यायीक र नतिजामूलक रहेको कुरामा विशेष जोड दिन चाहन्छु। भौगोलिक, क्षेत्रगत, विषयगतरूपमा आवश्यकता र सन्तुलनका आधारमा देशको सन्तुलित विकास हुने गरी बजेट ल्याइएको हो। बजेट यहाँमात्रै होइन, कहीँपनि सर्वसम्मति भएको र सबै माननीय सन्तुष्ट भएको, हाम्रो जस्तो माननीयहरू र बजेटको सम्बन्ध सम्पर्क नरहेका देशमा पनि मैले भेटेको छैन। आलोचना, टिप्पणी त जसो गरे पनि हुन्छ।’
त्यस्तै उनले लोकतन्त्र र संविधानप्रति आफूले कुनै पनि सम्झौता नगर्ने भन्दै आफूलाई गाली आउँदा सहने तर संविधानमाथिको अपमान नसहने बताए।
उनले भने, ‘म आफूलाई आलोचना, विरोध, गाली सहन्छु तर सहितदप्रतिको अपमान, बलिदानप्रतिको अपमान, विगतका संघर्षको अपमान, प्रणालीको अपमान, संविधानको अपमान यो कुरा सैह्य हुँदैन। माननीयज्यूहरूले बोल्दा यी कुराहरूमा संयम अपनाएर बोलौं।’
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया